कोरोनाका कारण सिन्धुलीका ३० वर्षीय पुरुषको मृत्यु



०२ असार २०७७, काठमाडौं

कोरोना भाइरसको संक्रमणका कारण सिन्धुलीका एकजनाको मृत्यु भएको छ । घ्याङलेक गाउँपालिका २ बस्तीपुर घर भएका एक पुरुषको मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका उनको २५ दिनअघि नै मृत्यु भएको थियो । तर साउदी अरबस्थित नेपाली दूतावासले भने सोमबार मात्र जानकारी दिएको छ ।

उनको बुवा पनि साउदी अरवमै कार्यरत छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनलाई नेपाल उद्दार गर्नका लागि अहिले पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्