
०२ असार २०७७, काठमाडौं
मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार थप १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकीमा संक्रमितको संख्या २२३ पुगेको छ ।
निर्देशनालयका अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् ।
मंगलबार संक्रमण पुष्टि भएका १८ जना सबै भारतबाट फर्किएको जनाइएको छ । उनीहरू सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।






