
०१ असार २०७७, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा ३५ महिला र ४ सय १६ जना पुरुष गरी ४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार २ सय ११ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा १ हजार ४१ जना संक्रमित उपचारपछि निको भएका छन् ।





