नेपालमा संक्रमतिको संख्यामा नयाँ रेकर्ड, एकैदिन ४ सय ४८ जनामा संक्रमण पुष्टि



३० जेठ २०७७, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यो अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

योसँगगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ हजार ६२ पुगेको छ । जसमा पुरुष ४ हजार ७ सय ९ र महिला ३ सय ५३ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्