आज फेरी गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित



३० जेठ २०७७, काठमाडौं

गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि  भएसँगै संक्रमित हुनेको संख्या १८८ पुगेको छ ।

आज थपिएका संक्रमितहरु स्याङ्जाका २२ जना, पर्वतका १३ जना, तनहुँका १ जना र नवलपरासीका १ जना रहेका छन् ।

संक्रमित सबैलाई जिल्ला स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्