
२९ जेठ २०७७, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा २ सय ३० पुरुष र २० जना महिला गरि थप २ सय ५० जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र १ सय ७९ पुरुष गरि थप १ सय ८७ जना कोरोना निको भएर डिस्चार्ज भएसँगै कूल निको हुनेको संख्या ८ सय ६१ जना पुगेको छ ।





