मन्त्रिपरिषद बैठक बस्दै, के होला एजेण्डा ?



२८ जेठ २०७७, काठमाडौं

आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । बैठकले चैत ११ यता लगातारको लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउनु नहुने अडानमा थिए ।

प्रतिक्रिया दिनुहोस्