नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि



२७ जेठ २०७७, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कूल संक्रमितको संख्या ४०८५ पुगेको र कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको साथै उपचार गराएर ५८४ जना डिस्चार्ज भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्