नेपालमा फेरी अर्का कोरोना संक्रमित मृत्यु



२७ जेठ २०७७, काठमाडौं

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले जनाए अनुसार उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु भएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।

प्रतिक्रिया दिनुहोस्