गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४४ पुग्यो



२७ जेठ २०७७, काठमाडौं

गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै गण्डकी प्रदेशमा जम्मा संक्रमित संख्या १४४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, बागलुङमा ११ र म्याग्दीमा १  जना गरि जम्मा २४ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्