नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि



२६ जेठ २०७७, काठमाडौ

नेपालमा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जना संक्रमति पुष्टि भएको जानकारी दिएको हो।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमणको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्