
२६ जेठ २०७७, काठमाडौ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले उनको मृत्यु भएको पुष्टि गरेको छ ।
२२ गते सुनौली नाकाबाट स्याङ्जा आएका उनी पहिलेदेखि नै बिरामी थिए ।






