पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि



२५ जेठ २०७७, काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको आइतबारको नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

संक्रमित  २०९ जना पु्रुष र ४ जना महिला रहेका छन् । योसँगै संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ सय २ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्