आरडिटी परीक्षण गरेर घर पठाइएका १ सय १३ जनामा संक्रमण पुष्टी



२५ जेठ २०७७, काठमाडौं

दैलेखमा आरडिटी परीक्षणको नतिजाको आधारमा मात्रै घर पठाइएका १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिन अघिमात्रै घर पठाइएका संक्रमतिलाई खोजेर आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

आरडिटी परीक्षणको नतिजाको आधारमा ढुक्क भएर घरमा गएका उनीहरुबाट समुदायमा कोरोना संक्रमण फैलिने जोखिम भएको छ । मन्त्रालयको प्रोटकललाई आधार मानेर आरडिटी परीक्षणमा नेगेटिभ आएकालाई घरमा पठाउदा गाउँ नै जोखिममा परेको हो ।

प्रतिक्रिया दिनुहोस्