
२५ जेठ २०७७, काठमाडौं
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुष र एकजनाको उमेर खुल्न नसकेको निर्देशनालयले जनाएको छ ।
स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुष, स्याङजाकै भीरकोट नगरपालिकाका ४५ वर्षीय १ मा कोरोना संक्रमण पुष्टि भएको छ।
गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ गरी ९ जना र पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा २०, ३५, ४५ र ३५ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।






