भारतले उछिन्यो इटालीलाई, उक्लियो विश्वकै उच्च चौथो स्थानमा, अपडेट



२४ जेठ २०७७, काठमाडौं

भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार ९ सय ५४ पुगेको छ । यससँगै सक्रिय संक्रमितका आधारमा भारत चौथो स्थानमा उक्लिएको छ ।

इटालीलाई उछिनेर भारत कोरोना संक्रमित देशको सूचीमा छैटौं स्थानमा छ । इटालीमा कुल २ लाख ३४ हजार ५ सय ३१ जना कोरोना संक्रमित छन् ।

भारतमा कुल संक्रमितमध्ये १ लाख १४ हजार ७३ जना निको भइसकेका छन् भने ६ हजार ६ सय ४९ जनाको ज्यान गइसकेको छ । १ लाख १६ हजार २ सय ३२ जनामा सक्रिय संक्रमण छ । भारतभन्दा धेरै सक्रिय संक्रमित अमेरिका, ब्राजिल र रुसमा छन् ।

प्रतिक्रिया दिनुहोस्