
२४ जेठ २०७७, काठमाडौं
गण्डकी प्रदेशमा शनिबार थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा संक्रमित कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि शनिबार थप १७ संक्रमित थपिएका हुन् ।
कोरोना पुष्टि हुने १७ संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, ३२, २५, ३२, ४४, ५२ र ५४ वर्ष उमेर समुहका र हरिनास गाउँँपालिकाका १८ र ४० वर्षिय दुई पुरुष, ताराखोलाका ३९ वर्षिय एक पुरुष रहेका छन् ।
यस्तै, नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ । कास्कीको रुपा गाउँपालिका २३ र ३२ वर्षिय दुई पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।





