
२४ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।
वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप ९ सय ७१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३ सय ८६ बढी पुगेको छ ।
एकैदिन २५ हजार २ सय ७३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ लाख ६५ हजार ५ सय ८८ बढी पुगेको छ । संक्रमितमध्ये ११७ हजार ७६ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ३७ हजार १ सय ८५ जना संक्रमित उपचारपछि निको भएका छन् ।





