छिमेकी भारतमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु ? अपडेट



२४ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा सातौं स्थानमा छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ८६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ६ सय ४९ नाघेको छ ।

एकैदिन ९ हजार ४ सय ७१ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ । संक्रमितमध्ये १ लाख १३ हजार २ सय ३३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्