
२४ जेठ २०७७, काठमाडौं
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ३३ लाख १२ हजार ९ सय १४ भन्दा बढी मानिस उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७१ हजार २ सय ६१ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर पछिल्लो २४ घण्टामा १ लाख ३३ हजार ६ सय ५५ जना नयाँ संक्रमित थपिएसँगै ६८ लाख २६ हजार ३ सय ४९ जना संक्रमित भएका छन् ।
एकैदिन थप ५ हजार १ सय १७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ४ सय १५ बढी पुगेको छ । उपचाररत ३१ लाख १६ हजार २० संक्रमितमध्ये ५३ हजार ५ सय २ जनाको अवस्था गम्भीर रहेको छ ।





