नेपालमा आज थपिए २ सय ७८ जना संक्रमितहरु, कहाँ, कति थपिए ?



२३ जेठ २०७७, काठमाडौं

शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९१२ पुगेको छ ।

शुक्रबार एकै दिन सुनसरीका २१, झापाका १२, मोरङ्ग ६ ,अर्घाखाचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २ ,बाराका ३, तनहुका २, भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङ्गका १, डडेलधुराका ५, रामेछापका १७, काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ६,सुर्खेतका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरीका १७, रौतहटका ६ र दाङका १ गरी थप २७८ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्