विदेशबाट नेपालीको उद्दार कार्य सुरु, २६ जना काठमाडौं आइपुगे



२३ जेठ २०७७, काठमाडौं

सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगेर केहीबेर राखिने र त्यसपछि तोकिएको क्वारेन्टिनमा लगिनेछ ।

युएईबाट नेपाली नागरिक बोकेको विमान शुक्रबार दिउँसो साढे २ बजेदेखि ३ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्