
२३ जेठ २०७७, काठमाडौं
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको बिहीबार मृत्यु भएको थियो । मृत्युपश्चात आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतले बताएको छ ।
मृतकको आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोरोना सम्बन्धित कुनै लक्षणहरु नदेखिएकाले बुधबार मात्रै होम क्वारेन्टिनमा पठाइएको थियो ।





