अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२३ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख १० हजार १ सय ७१ बढी  पुगेको छ ।

एकैदिन २१ हजार ८ सय ५३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १९ लाख २३ हजार ६ सय ३६ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ९ सय २५ जनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ७ हजार १ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्