गण्डकी प्रदेशमा एकैदिन थपिए १६ जना कोरोना संक्रमित



२२ जेठ २०७७, काठमाडौं

गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जना नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कूल संक्रमित संख्या ५४ पुगेको छ ।

संक्रमित हुनेमा बागलुङको निसीखोला गाउँपालिकाका  २२ र २९ वर्षका २ जना पुरुष  र ३३ वर्षकी १ जना महिला छन् । यस्तै बडीगाड गाउँपालिकाका १६, २०, २१ र २५ वर्षका ४ जना पुरुष र गल्कोट नगरपालिकाका २०, २२ र २३ वर्षका ३ जना पुरुष छन् ।

यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय १ जना पुरुष, पर्वतको फलेबास नगरपालिकाका २१/२१ वर्षका २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा समेत गरि पर्वतमा जम्मा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ भने म्याग्दीको मंगला गाउँपालिकाका १९ वर्षका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्