नेपालमा कोरोना संक्रमणबाट नवौं व्यक्तिको मृत्यु



२१ जेठ २०७७, काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।

मृतक दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको र त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्