नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो



२१ जेठ २०७७, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्