कर्णाली प्रदेशमा ४ महिने बालकसहित थप १६ जनामा कोरोना पुष्टि



२१ जेठ २०७७, काठमाडौं

कर्णाली प्रदेशमा ४ महिने बालकसहित थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु दैलेखका ७ जना, कालिकोटका ७ र सल्यानका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगु, बझाङ र बाजुरामा १ / १ जना र अछाममा १० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्