
२१ जेठ २०७७, काठमाडौं
पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु १६ देखि ४९ वर्षसम्म का पुरुष छन् ।





