नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि



२१ जेठ २०७७, काठमाडौं

नेपालमा पछिल्लो पाँच दिनमा कोरोना संक्रमितको संख्या दोब्बर वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंअनुसार जेठ १५ गतेसम्म १ हजार ४२ जना संक्रमित भएकोमा त्यसयता मात्रै १ हजार ५७ जना संक्रमित थपिएका छन् ।

कुल संक्रमित मध्येमा १ हजार ९४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन्। हालसम्म नेपालमा ६१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्