नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २०९९ पुग्यो



२० जेठ २०७७, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा भएको परीक्षणमा १०, भेरी अस्पतालमा भएको परीक्षणमा २० , सुर्खेतमा गरिएको परीक्षणमा ६४ , दैलेखमा ३७, हेटौडामा १ दाङमा १७, सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ र धरानमा भएको परीक्षणमा १ जनाको पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा गरिएको परीक्षणमा टेकुमा १ सय १८ जनाको पोजेटिभ देखिएको प्रवक्ता देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्