आज गण्डकी प्रदेशमा थप १० जनामा कोरोना, पर्वतमा पहिलो पटक भेटिए संक्रमित



२० जेठ २०७७, काठमाडौं

गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा र पर्वतका ५–५ जना गरि १० नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जा चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङ्जाकै विरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

यस्तै,  पर्वतमा पहिलो पटक एकै दिन ५ जनामा कोरोना भेटिएको छ। जिल्लाको फलेबास नगरपालिकाका नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्