कोरोना महामारीबीच इबोलाको त्रास, फेला परे संक्रमित



२० जेठ २०७७, काठमाडौं

कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएको जानकारी दिए भने पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको छ ।

उनले प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको जानकारी दिए ।

कंगोले इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्