अमेरिकामा घट्दो क्रममा मृत्यु र संक्रमण, आज कति थपिए , पछिल्लो २४ घण्टाको अपडेट



२० जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार ९ सय १९ बढी  पुगेको छ ।

एकैदिन २१ हजार ४ सय ६७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १८ लाख ५८ हजार ६ सय ३७ बढी पुगेको छ । संक्रमितमध्ये १६ हजार ९ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ भने ६ लाख १२ हजार ६ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्