छिमेकी भारतमा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



२० जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय  जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ नाघेको छ ।

एकैदिन ७ हजार ७ सय ६१ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ । संक्रमितमध्ये ९५ हजार ७ सय ५४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

संसारकै सर्वाधिक प्रभावित देशको सूचीमा भारत अब सातौं स्थानमा उक्लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्