कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि



१९ जेठ २०७७, काठमाडौं

कर्णाली प्रदेशमा  थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु जुम्लाका १९ र दैलेखका २४ जना छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दुई जना प्रहरीसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जुम्लाका संक्रमितहरु हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यस्तै दैलेखका संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष र दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना छन् ।

यो सहित कर्णाली प्रदेशमा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्