अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१९ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप ६ सय ३० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १ सय ८७ बढी  पुगेको छ ।

एकैदिन २० हजार १ सय ४५ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १८ लाख ३६ हजार ९ सय ६५ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय १ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ४१ हजार ३ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्