भारतबाट फर्केकालाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको गाडी बाँकेमा दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु



१९ जेठ २०७७, काठमाडौं

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको गाडी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बाँके प्रहरीका अनुसार ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सवारी चालक समेत जनाको ११ को मृत्यु भएको छ । जसमा १० पुरुष र एक महिला छन् । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्