२ नम्बर प्रदेशमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?



१८ जेठ २०७७, काठमाडौं

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  धनुषामा २१, रौतहटमा २९ र सर्लाहीमा १० गरी ६० जनामा संक्रमण पुष्टि भएको छ ।

धनुषामा संक्रमित भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालामा रहेको क्वारेन्टाइनका ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका छन् ।

त्यस्तै रौतहटका संक्रमति मध्ये दुर्गा भगवतीस्थित क्वारेन्टाइनका ८ जना, मदरसाना रहेको क्वारेन्टाइनका १० र गौरस्थित क्वारेन्टाइनका ११ जना छन् ।

सर्लाहीमा संक्रमित भएका मध्ये हरीपुर नगरपालिकाका ७ र बहम्पुरी गाँउपालिका स्थित क्वारेन्टाइनका ३ जना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्