बाजुराकी दुई वर्षीया बालिकाको मृत्युको कारण कोरोना, आमा पनि संक्रमित



१८ जेठ २०७७, काठमाडौं

कोरोना भाइरसका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । ती बालिकाको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।

बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या थियो ।

बालिकाको परिवारलाई बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा राखिएको थियो । अवस्था जटिल भएपछि १५ गते साँझदेखि आइसोलेसनमा राखिएको र शनिबार राति ती बालिकाको मृत्यु भएको हो ।

बालिकाको मृत्यु भएलगत्तै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको थियो । आइतबार दिउँसो रिपार्ट आउँदा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ तर बाबुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्