अमेरिकामा संक्रमित मात्रै १८ लाख नाघ्यो, मृत्यु कति ? पछिल्लो २४ घण्टाको अपडेट



१८ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप ९ सय ९८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ सय ४० बढी  पुगेको छ ।

एकैदिन २२ हजार २ सय ८७ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १८ लाख १५ हजार ८ सय १७ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार १ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख ३० हजार ६ सय १६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्