भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च सक्रमण, मृत्यु कति ? अपडेट



१८ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

वर्ल्डोमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ सय ५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५ हजार १ सय ८१ नाघेको छ ।

एकैदिन ८ हजार ३ सय ३६ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ८१ हजार ८ सय २७ पुगेको छ । संक्रमितमध्ये ८६ हजार ९ सय ३६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्