अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१७ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५ सय २५ बढी  पुगेको छ ।

एकैदिन २४ हजार ४ सय ९ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ लाख ९२ हजार ८ सय ७० बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार २ सय ३ जनाको अवस्था गम्भीर रहेको छ भने ५ लाख १९ हजार २ सय ८२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्