नेपालमा कोरोनाबाट छैटौँ व्यक्तिको मृत्यु



१६ जेठ २०७७, काठमाडौं

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

यही जेठ १० गते भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का  युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

बिहीबार नै कोरोना भएको पुष्टि भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्