नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो



१६ जेठ २०७७, काठमाडौं

नेपालमा शुक्रबार थप १७० संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।

यस्तै शुक्रबार थप १९ जना कोरोना जितेर घर फर्किएसँगै नेपालमा कोरोनाभाइरस संक्रमित २०६ जना उपचारपछि निको भएका छन् ।

यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्