रौतहटमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि



१६ जेठ २०७७, काठमाडौं

रौतहटमा आज (शुक्रबार) एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । योसँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न शहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्