अमेरिकामा आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१६ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३ सय २० बढी  पुगेको छ ।

एकैदिन २२ हजार ३ सय १३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ लाख ६८ हजार १ सय १६ बढी पुगेको छ । संक्रमितमध्ये १७ हजार २ सय २ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ९८ हजार ६ सय ७६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्