भारतले उछिन्यो टर्कीलाई, एसियाली मुलुकमा सबैभन्दा बढी भारतमै संक्रमण, अपडेट



१६ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ नाघेको छ ।

एकैदिन ७ हजार ३ सय जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६५ हजार ७ सय ११ पुगेको छ ।

भारतले संक्रमणमा एसियाली मुलुकमा टर्कीलाई पनि उछिनेको छ । टर्कीमा अहिलेसम्म १ लाख ६० हजार ९ सय ७९ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्