सोलुखुम्बुका एक जनामा कोरोना संक्रमण पुष्टि



१५ जेष्ठ २०७७, काठमाडौं

सोलुखुम्बुमा एक जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

कोरोनाको आशंकामा पीसीआर परीक्षणका लागि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको तीन जनामध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

फाप्लुस्थित आइसोलेसनमा रहेका सोलुदुधकुण्ड नगरपालिकाका उनलाई कोभिड अस्पताल विराटनगर पठाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिए ।

दोश्रो पटकको पीसीआर परीक्षण समेत उनको रिपोर्ट पोजेटिभ आएको हो । सोलुखुम्बुमा कोरोना संक्रमित पुष्टि भएपछि बिहीबार (आज) बैठक बसी थप रणनीति तय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

सोलु अस्पताल फाप्लुमा गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपनि कोरोनासँग मिल्दो लक्षण देखिएका कारण स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो ।

यसअघि सोलुखुम्बुमा लिखुपिके गाउँपालिकामा एक जना र सोताङ गाउँपालिकामा एक जनाको आरडिटी परीक्षण पोजेटिभ देखिएकोमा पीसीआर भने नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्