प्रदेश २ मा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?



१५ जेठ २०७७, काठमाडौं

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्